गठबन्धनको अन्तिम उत्सव सकियोः एमाले उपमहासचिव रिमाल

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का उपमहासचिव विष्णु रिमालले सत्ता गठबन्धनले मनाउने अन्तिम ‘उत्सव’ खुम्चिएको बताउनुभएको छ । बुधबार १९ सिटका लागि भएको राष्ट्रियसभा निर्वाचनमा एमाले एक सिट मात्र जित्ता बाँकी सत्ता गठबन्धनले हात पारेको थियो ।

रिमालले बिहीबार सामाजिक सञ्जालमा भन्नुभएको छ , ‘अपहरित पुरानो जनमतको बलमा गठबन्धनले मनाउने अन्तिम उत्सव सकियो । चौतर्फी घेरा तोडेर विजयी सोनाम ग्याल्जेन शेर्पालाई हार्दिक बधाई ।’उहाँले अहिलेको राष्ट्रियसभा निर्वाचन पुरानो जनमत रहेको उल्लेख गर्दै आगामी स्थानीय प्रदेश र संघीय निर्वाचन नै रियल हुने बताउनुभएको छ ।

‘अब हुने निर्वाचन ‘रियल’ हो, जसले नयाँ जनादशेको मानक तय गर्नेछ। स्पष्ट छ, निर्वाचन हुँदा एक्लो एमाले सिंगो गठबन्धनमाथि भारी हुने भएकैले उनीहरु चुनावबाट भाग्ने बहानावाजी गर्दैछन् । संविधान र कानुनमा छिद्र पार्दै त्यसबाट छिरेर मिहेनतका साथ जारी गरिएको संबिधान च्यात्ने धुनमा उनीहरु छन ।’ उहाँले भन्नुभएको छ । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार