पार्टीभित्रको अन्तरघात क्षम्य हुन्न, छानबिन गरौँः मन्त्री अङ्बो

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) प्रदेश १ को संसदीय दलको नेता तथा आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बो (मौसम)ले राष्ट्रियसभा निर्वाचनमा गठबन्धनभित्र अन्तरघात भएको बताउनुभएकोे छ।

उहाँले समाजिक सञ्जाल फेसबुकमा लेख्दै अन्तरघात भएको र छानबिन गर्नुपर्ने बताउनुभएको छ । उहाँले प्रदेश १ का प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरू हाम्रो एजेन्डा, जनता, पार्टी अनि नेतृत्वप्रति इमानदार बन्न नसकेकर लालच र प्रलोभनमा परेर अन्तरघात गरेको बताउनुभएको छ ।

आङ्बोले लेख्नुभएको छ, ‘संघीयता प्रति चौतर्फी प्रहार भइरहेको बेला झन् हामी १ नं प्रदेशका प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरू हाम्रो एजेन्डा,जनता,पार्टी अनि नेतृत्वप्रति इमानदार बन्न सकेनौँ,लालच र प्रलोभनमा परेर भएको यो गम्भीर अन्तरघात कुनै पनि पार्टीको निम्ति क्षम्य हुन्न । अब निर्ममतापूर्वक गम्भीर समीक्षा र पारदर्शी छानबिन गरेर प्रदेशको गठबन्धन अगाडि बढ्नुपर्छ बढ्नेछ‘।’

बुधबार भएको राष्ट्रियसभाको निर्वाचनमा प्रदेश १ मा सत्ता गठबन्धनका हेमराज राईलाई हराउँदै अल्पसंख्यकतर्फबाट एमालेका सोनाम ग्याल्जेन शेर्पा विजयी हुनुभएको थियो । उहाँले प्रदेशसभाका ४२ जना र १२५ जना स्थानीय तहका जनप्रतिनिधको मत पाउनुभएको छ । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार