कीर्तिपुर नगरपालिका भवनभित्र एक पुरूष मृत फेला

काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिकाको भवनमा एक पुरूष मृत फेला परेका छन्। बिहीबार बिहान एक पुरूष नगरपालिकाको भवनमा मृत फेला परेको महानगरीय प्रहरी वृत्त कीर्तिपुरका प्रहरी नायब उपरीक्षक ठाकुरप्रसाद पोखरेलले जानकारी दिनुभयो। मृत्यु हुनेमा रामेछापको मन्थली नगरपालिका–१२ घर भई काठमाडौं बस्दै आएका अन्दाजी ३६ वर्षीय शंकर खत्री छन् ।

उनी कीर्तिपुर नगरपालिका–१० स्थित नगरपालिकाको नयाँ भवनमा रंगरोगनको काम गर्दै आएका थिए। एक महिनादेखि उनी त्यहीँ भवनको पाँचौ तलामा बस्दै आएको प्रहरी नायब उपरीक्षक पोखरेलले बताउनुभयो। ‘उनी एक महिनादेखि ठेकेदारमार्फत् काम गर्न त्यहाँ बस्दै आएका थिए। कोठामा सुतिरहेकै अवस्थामा मृत फेला परेका हुन्,’ उहाँले भन्नुभयो, ‘रंगरोगनको काम गर्ने व्यक्ति हुन्। गएराति खाना खाएर चुकुल लगाएर सुत्नुभएको रहेछ।’

बिहीबार बिहान अरू साथीले उनलाई उठाउन खोजेका थिए। तर उनी अबेरसम्म पनि नउठेपछि प्रहरीलाई बोलाइएका थिए। प्रहरीलाई बोलाएर भेन्टिलेटर काटेर हेर्दा खत्री मृत अवस्थामा फेला परेका हुन्।प्रहरीले घटनास्थलबाट शव उठाइसकेको छैन। उनको मृत्युको कारण खुलिसकेको छैन।शव उठाउन उनका आफन्तलाई कुरिरहेको प्रहरी नायब उपरीक्षक पोखरेलले बताउनुभयो। सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार