बिप्लवका नेता एमालेमा प्रवेश

काठमाडौं । नेत्रबिक्रम चन्द बिप्लव नेतृत्वको नेकपा माओवादीका प्रभावशाली नेता एमाले प्रवेश गर्नुभएको छ । एमाले महासचिव शंकर पोखरेलले गृहजिल्ला दाङमा बिप्पलव समुहका प्रभावशाली नेता सहदेब थारु बिहानी एमाले प्रवेश गराउनुभएको हो । घोराही १४ निवासी थारुलाई एमाले महासचिव तथा लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री शंकर पोखरेलले अविर र खादा लगाएर पार्टीमा स्वागत गर्नुभएको छ ।

महासचिव पोखरेलसँगै अन्य नेताहरुले पनि उहाँलाई एमालेमा स्वागत गर्नुभएको थियो । नेपाली कम्युनिष्ट आन्दोलन र समृद्धीको अभियानमा सघाउन आफू एमाले रोज्न पुगेको थारुको भनाई छ । ुएमालेबाहेक अरु दलबाट मुलुकको उन्नती संभव छैन भन्ने तथ्यहरु प्रष्ट भइसकेपछि अरु दलतिर बसिरहनुको औतित्य छैन भनेर नै यो पार्टी रोजेको हो,’ एमाले प्रवेश गरेपछि थारुले भन्नुभयो । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार