राष्ट्रियसभाको परिणाम गठबन्धनको पक्षमा : नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रियसभाको परिणाम गठबन्धनको पक्षमा आएको बताउनुभएको छ । पार्टी केन्द्रीय कार्यालय शान्तिनगरमा बिहीबार आयोजित कार्यक्रममा अध्यक्ष नेपालले गठबन्धन नटुट्ने र

राष्ट्रियसभाको निर्वाचनले पार्टीमा सुखद परिणामको संकेत गरेको बताउनुभएको हो । आगामी निर्वाचनसम्म नै गठबन्धनले निरन्तरता पाउने जिकिर पनि गर्नुभयो । नेकपा एमाले ललितपुर जिल्ला कमिटीका पूर्व उपाध्यक्ष एवम् बागमती प्रदेश कमिटीका सदस्य श्यामकृष्ण सिलवालसहितका नेता कार्यकर्तालाई पार्टीमा स्वागत गर्दै अध्यक्ष नेपालले आफूहरु उत्साहित भएको बताउनुभयो।

‘कारोना महामारीबीच पनि संगठन विस्तार र कमिटी गठनले तीब्रता पाइरहेको छ, उहाँले भन्नुभयो, ‘एकीकृत समाजवादीमा समाहित हुनेहरुको संख्या तीव्ररुपमा बढिरहेको छ ।’देशमा तीनै तहका निर्वाचन चाँडो र समयमै गर्न आफूहरु तयार रहेको बताउँदै अध्यक्ष नेपालले विगतमा स्थानीय निर्वाचन तीन चरणमा भएकोले स्मरण पनि गराउनुभयो ।

२०७४ सालमा असार १४ र असोज २ गते भएको दोस्रो र तेस्रो चरणको निर्वाचनबाट विजयी भएका स्थानीय तहका जनप्रतिनिधिलाई पनि पाँच वर्ष कार्यकालय पूरा गर्न दिने संविधानमा प्रष्ट उल्लेख रहेको उहाँको भनाई छ । संविधान र ऐन बाझिएमा संविधानअनुसार अगाडि बढनुपर्ने भएकाले यसबारे दलहरुबीच छलफल भइरहेको पनि उहाँले उल्लेख गर्नुभयो। नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार