कांग्रेसमा ३५ सदस्यीय केन्द्रीय कार्यसम्पादन समिति गठन

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समिति गठन गर्नुभएको छ । शुक्रबार बसेको केन्द्रीय कार्यसमितिको भर्चुअल बैठकले ३५ सदस्यीय केन्द्रीय कार्यसम्पादन समिति गठन गरेको हो । केन्द्रीय कार्यसमितिको आकार ठूलो भएपछि सभापति देउवाले कार्यसम्पादन समिति गठन गर्नुभएको हो ।

कार्यसम्पादन समितिमा पार्टीका पदाधिकारी र वरिष्ठताका आधारमा केन्द्रीय सदस्यहरु रहेका छन् । कांग्रेसमा ४६ सदस्यीय केन्द्रीय कार्यसम्पादन समिति रहने व्यवस्था भए पनि शुक्रबार ३५ जना सदस्यमात्र चयन गरिएको एक केन्द्रीय सदस्यले जानकारी दिनुभयो । अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार