समाचार प्रभाव : मापदण्ड विपरित नदी दोहन स्थलमा अख्तियारको अनुगमन

साधन राम्जाली
म्याग्दी ,१४ माघ । म्याग्दीको बेनी नगरपालिका वडा नम्बर ५ बगुवाखोला स्थित म्याग्दी नदी बगरमा मापदण्ड विपरित नदीजन्य पदार्थ उत्खनन भएको समाचार प्रकाशित भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चासो दिएको छ । बगर उत्खननको जिम्मा पाएका ठेकेदारले मापदण्ड मिचेर ढुङ्गा ,गिटी ,बालुवा उत्खनन गरेको समाचार प्रकाशित भएपछि शुक्रबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पोखरा स्थित कार्यालयबाट खटिएको टोलीले स्थलगत अनुगमन गरेको हो । प्राविधिक इन्जिनियर सहितको टोलीले स्थलगत अनुगमन गरेको हो ।

याे पनि…

https://myagdinews.com/2022/01/%e0%a4%ac%e0%a4%97%e0%a5%81%e0%a4%b5%e0%a4%be%e0%a4%96%e0%a5%8b%e0%a4%b2%e0%a4%be%e0%a4%ae%e0%a4%be-%e0%a4%ae%e0%a4%be%e0%a4%aa%e0%a4%a6%e0%a4%a3%e0%a5%8d%e0%a4%a1-%e0%a4%ae%e0%a4%bf%e0%a4%9a%e0%a5%87/

मापदण्ड विपरित नदीजन्य पदार्थ उत्खनन भएको पाइएको अनुगमन टोलीका एक सदस्यले बताउनुभयो । नगरपालिका संगको सम्झौता अनुसार बगरमा तीन हजार ७४२.२० घनमिटर उत्खनन गर्नुपर्नेमा ९३ सय घनमिटर उत्खनन भएको पाइएको उहाँले बताउनुभयो । मापदण्ड अनुसार ९० सेन्टिमिटर गहिराई सम्म उत्खन्न गर्ने सम्झौता भएकोमा सरदर १ दशमलव ६ मिटर गहिरो बनाइएको छ ।यस्तै अर्को सजेनी बगरमा पनि मापदण्ड विपरित नदी उत्खनन गरेको पाइएको छ । सतहदेखि १७ घनमिटर उत्खनन गर्ने सम्झौता भएकोमा दुई हजार एक सय घनमिटर उत्खनन भएको पाइएको छ ।

याे पनि…

https://myagdinews.com/2022/01/%e0%a4%ac%e0%a4%97%e0%a5%81%e0%a4%b5%e0%a4%be%e0%a4%96%e0%a5%8b%e0%a4%b2%e0%a4%be%e0%a4%ae%e0%a4%be-%e0%a4%ae%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%97%e0%a5%8d%e0%a4%a6%e0%a5%80-%e0%a4%a8%e0%a4%a6%e0%a5%80/

‘मापदण्ड र सम्झौता विपरित नदी उत्खनन भएको भनेर सुचना आएपछि अख्तियारको टोलीले स्थलगत अनुगमन गरको हो ,’आयोगको पोखरा स्थित कार्यालयका सुचना अधिकारी मेघनाथ रिजालले भन्नुभयो ,‘मापदण्ड विपरित नदीजन्य पदार्थ उत्खनन गरे बापत के कारबाही गर्ने भन्ने बिषयमा अनुगमन टोलीले रिपोर्ट बुझाएपछि मात्र निर्णय हुन्छ ।’

म्याग्दी न्युज डटकम मार्फत २७ पुसमा ‘बगुवाखोलामा मापदण्ड मिचेर नदीको चरम दोहन’ शिर्षकमा समाचार प्रकाशन भएको थियो । स्काभेटर प्रयोग गरि नदीको धार परिवर्तन गराई ढुङ्गा, गिट्टी र बालुवाको उत्खनन् गर्दा तटीय क्षेत्रमा बाढी, कटानको जोखिम बढेको, राजस्व गुमेको, जलचरको बासस्थान र वातावरणमा असर पुगेको छ । अनुगमनमा बेनी नगरपालिकाका कर्मचारीहरुको समेत सहभागिता थियो । टोलीले अन्य बगरमा पनि अनुगमन गरेको थियो ।

सरकारको नदीजन्य बस्तु उत्खनन् सम्बन्धी नियम, प्रारम्भिक वातावरणीय परिक्षण प्रतिबेदन र बेनी नगरपालिकासँग भएको सम्झौता बिपरित निर्माण कम्पनीले एक्साभेटर प्रयोग गरेर तोकिएको भन्दा गहिरो खाडल बनाएर उत्खनन् गरेको सोमबार अनुगमन गरेको समितिले जनाएको छ । बगरबाट सम्झौता भन्दा बढी परिणाममा उत्खनन् भएको अनुगमन समितिले ठहर गरेको छ ।

नदीजन्य बस्तुको उत्खनन्मा एक्साभेटर लगायत ठूला उपकरण प्रयोग गर्न नपाउने कानुन छ ।नगरपालिका संगको सम्झौता अनुसार ठेकेदार कम्पनीले नगरपालिका वडा नम्बर ७ को अग्नीखेत बगर , वडा नम्बर ६ को डम्मरा ,वडा नम्बर ६ को जोगिगाडे बगर ,वडा नम्बर ६ कै चुत्रेनी बगर तल्लो ,सोही वडाको चुत्रेनी बगर माथिल्लो ,वडा नम्बर ५ को बगुवा खोला ,सोही वडाको सजेनी बगर ,वडा नम्बर ३ को दुधखोला कोप्रे बगर र वडा नम्बर २ को घुमाउने ताल बगरमा नदीजन्य पदार्थ उत्खननको अनुमति पाएका छन् ।

म्याग्दी नदीको ९ वटा बगरबाट १७ हजार ७६० दशमलब १५ घनमिटर नदीजन्य बस्तु उत्खनन् र निकासीका लागि न्युनतम ४३ लाख ८६ हजार ४६ दशमलब ६४ मूल्य राखेर ठेक्का आव्हान गरिएको थियो ।४४ लाख रुपैयाँ कबोलेको बागलुङको जुम्ली निर्माण सेवाले पुष २३ गते सम्झौता गरेको थियो । प्रत्यक्षदर्शीका अनुसार नगरपालिकासँग ठेक्का सम्झौता हुनुभन्दा एक हप्तादेखिनै उत्खनन् थालेका ब्यवसायीले नजिकै रहेको जिसी त्रसर उद्योगमा भण्डारण गरेर राखेका छन् । कम्पनीका प्रतिनिधी निराजन खतिवडाले अलपत्र सडक आयोजनालाई आवश्यक नदीजन्य बस्तुको सहज आपुर्तिका लागि सरोकारवालासँग समन्वय गरेर उपकरणको प्रयोग गरेको दाबी गर्नुभएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार