दग्नाममा ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका वडा नम्बर ४ स्थित दग्नाममा शनिबार राति ट्याक्टर दुर्घटना हुँदा सहचालक नरजित घर्ति मगरको मृत्यु भएको छ । सोही गाउँपालिका वडा नम्बर ३ मौवाफाँटदेखि राहुघाट मंगले जलविद्युत आयोजनाको गिटी बोकेर दग्नाम तर्फ जाँदै गरेको ग १ त ६०४४ नम्बरको ट्याक्टर राति करिब साढे १० बजेको समयमा दग्नाम स्थित पानाकोटमा ब्रेक फेल भई दुर्घटना हुँदा रोल्पाको सुनछहरी गाउँपालिका –३,का अन्दाजी १८ बर्षिय घर्ति मगरको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका सुचना अधिकारी प्रहरी निरिक्षक बिरेन्द्रराज गुरुङका अनुसार दुर्घटनामा घाइते घर्ति मगरलाई उपचारको लागि बेनी अस्पतालमा ल्याउने क्रममा मृत्यु भएको हो ।ट्याक्टरमा चालक सहित तीन जना सवार थिए ।

अन्यको स्वास्थ्य अवस्था भने सामान्य रहेको छ ।सुनछहरी गाउँपालिका –३,का २८ बर्षिय चालक जनक घर्ति मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । चालकको स्वास्थ्य अवस्था सामान्य रहेको उहाँले जानकारी दिनुभयो । सोही ट्याक्टरमा सवार अर्का भुपेन्द्र बिस्ट ट्याक्टर अनियन्त्रित भएको थाहा पाएपछि हाम फालेर ज्यान जोगाउनुभएको छ । ट्याक्टर सडकदेखि साढे चार मिटर तल खसेको थियो । स्थानीयले राति साढे एक बजे  प्रहरीलाई खबर गरेका थिए ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार