ज्यामुनाखर्कमा आगलागी हुँदा एक घर जलेर नष्ट

म्याग्दी । बेनी नगरपालिका–६, ज्यामुनाखर्कमा शनिबार साँझ आगलागी हुँदा एकतले घर जलेर नष्ट भएको छ। अचानक आगलागी हुँदा स्थानीय रामचन्द्र खत्रीको कच्ची घर पूर्ण रुपमा जलेर नष्ट भएको थियो।

आगलागीबाट घरभित्र रहेका सुन र चाँदीका गरगहना, नगद, लत्ताकपडा, भडावर्तन र अन्नपातको क्षति भएको वडाध्यक्ष कृष्णसिङ बानियाँले बताउनुभयो । उहाँका अनु्सार आगलागीबाट करिब १५ लाख बराबरको क्षति भएको छ। आगलागी नियन्त्रणका लागि अर्थुङेमा रहेको नेपाली सेनाको टोलीसहित स्थानीय बासिन्दा मिलेर आगो नियन्त्रणमा गरिएको थियो । आगलागी विद्युत सर्टबाट भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ।

यसैबीच आगालागीबाट विस्थापित भएका खत्री परिवारलाई तत्काल गंगा जिसी फाउण्डेशन म्याग्दीले वडा कार्यालयमार्फत लत्ताकपडा र भडावर्तन खरिदका लागि १५ हजार बराबरको सहयोग हस्तान्तरण गर्ने जनाएको छ। फाउण्डेशनका अध्यक्ष नारायण जिसीले पीडितलाई तत्काल राहतका लागि उक्त सहयोग गर्न लागिएको बताउनुभयो। आगलागीबाट विस्थापित उक्त परिवारका चार सदस्यलाई वडा कार्यालयमार्फत राहतका लागि समन्वय समेत गरिएको छ। विस्थापित छिमेकीको घरमा बसेका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार