सहिदको त्याग र बलिदानको उच्च सम्मान गरौँ : प्रदेश प्रमुख परियार

सुर्खेत । कर्णाली प्रदेशका प्रमुख तिलक परियारले देश र जनताका लागि आफ्नो जीवन अर्पण गर्ने सहिदको त्याग र बलिदानको उच्च सम्मान गर्नुपर्ने बताउनुभएको ।

‘सहिद दिवस, २०७८’ का अवसरमा प्रदेश प्रमुख परियारले आज एक सन्देश जारी गर्दै सो धारणा व्यक्त गर्नुभएको हो । सन्देशमा उहाँले भन्नुभएको छ, ‘हामीले आज प्राप्त गरेको स्वतन्त्रता र अधिकार सहिदको बलिदानीको प्रतिफल हो । उनीहरुको सङ्घर्ष, त्याग र बलिदानबाट मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा आइपुगेको छ ।’

सहिदको बलिदानले प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाका माध्यमबाट मुलुकमा स्थायी शान्ति, सुशासन, न्यायपूर्ण समाज र समाजवादी लक्ष्यसहित समृद्धिको आकाङ्क्षा पूरा गर्नेतर्फ अग्रसर हुनुले सहिदप्रति सच्चा सम्मान हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । प्रदेश प्रमुख परियारले देशको आर्थिक, सामाजिक रुपान्तरण गर्दै सामाजिक न्यायसहितको समृद्ध राष्ट्र निर्माणमा सहिदको सपना साकार गर्न दृढतापूर्वक काममा लाग्ने प्रेरणा सबैमा मिलोस् भन्ने शुभकामना दिनुभएको छ । रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार