तुलसीपुर मेयरका छोराविरुद्ध डेढ करोड ठगी गरेको आरोप

काठमाडौँ । दाङका एक जना निर्माण व्यवसायीविरुद्ध झण्डै डेढ करोड ठगी गरेको आरोपमा प्रहरीमा जाहेरी परेको छ । घोराही–१५ भरतपुर निवासी व्यवसायी गेहेन्द्र बस्नेतले निर्माण व्यवसायी अनुप पाण्डेले आफूलाई डेढ करोडभन्दा बढी रकम ठगी गरेको भन्दै प्रहरीमा जाहेरी दिनुभएको हो ।

उहाँले घोराही–तुलसीपुर फोरलेन सडकमा आफ्ना टिप्पर लगाएकाले त्यसको भाडा र इन्धन बापतको रकम १ करोड ४४ लाख रुपैयाँ ठगी गरेको भन्दै पाण्डे विरुद्ध मुद्धामा जाहेरी दिएको बताउनुभयो । पटक–पटक पैसा माग्न जादा पनि नदिने गरेको गुनासो गर्दै पाण्डे सम्पर्कमा नआउँदा आफ्नो घर खेत नै लिलामी हुने अवस्था आएकाले आफू वाध्य भएर कानुनी उपचार खोज्न प्रहरीमा जानु परेको बताउनुभयो । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार