नेकपा (एकीकृत समाजवादी) का नेता थापाको निधन

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का नेता दुमनसिंह थापाको निधन भएको छ। पार्टीका केन्द्रीय निर्वाचन आयोग सदस्य एवं संविधान सभा सदस्य थापाको गए राति निधन भएको हो।मिर्गौलासम्बन्धी रोग, उच्च रक्तचाप लगायतबाट पीडित उनको उपचारका क्रममास् निधन भएको हो।थापाको निधनमा पार्टी अध्यक्ष माधवकुमार नेपालले दुस्ख व्यक्त गर्नुभएको छ।

‘उहाँको निधनको खबरले मलाई स्तब्ध बनाएको छ,’ अध्यक्ष नेपालले भन्नुभएको छ, ‘उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु।’ थापा संविधान सभा सदस्यमा नेकपा एमाले अर्घाखाँचीबाट निर्वाचित हुनुभएको थियो । नेपालले समाजवादी पार्टी खोलेपछि उहाँ उक्त पार्टीमा लाग्नुभएको थियो । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार