छिटो अधिवेशन गर्न नेविसंघको आग्रह

काठमाडौँ । नेपाल विद्यार्थी संघले विधिवत र लोकतान्त्रिक प्रक्रियाबाट अधिवेशन गर्न अनुरोध गरेको छ । सोमबार कांग्रेस पार्टी कार्यालय सानेपामा पुगेका उपत्यकाभित्रका नेविसंघ आवद्ध विद्यार्थीहरुले छिटोभन्दा छिटो संघको अधिवेशन गर्नका लागि अनुरोध गरेका हुन् ।

उनीहरुले रिक्त र अपूर्ण रहेको संघको केन्द्रीय समिति पूर्णरुपमा गठन गर्न पनि अनुरोध गरेका छन् । नेविसंघ आवद्ध विद्यार्थी विनोदराज जोशीले नेविसंघभित्र देखिएका समस्या समाधान गर्नका लागि आग्रह गर्नुभयो । उहाँले कांग्रेस र कांंग्रेसका नेताहरु आफूहरुको अभिभावक भएको र संघको अधिवेशन नहुँदा निष्क्रिय देखिएको बताउनुभयो। उहाँले छिटोभन्दा छिटो अधिवेशन गरेर संघलाई गतिशिल प्रदान गर्न आग्रह गर्नुभयो ।

सो क्रममा नेविसंघका पूर्वअध्यक्ष एवं कांग्रेस केन्द्रीय सदस्य नैनसिंह महरले कांग्रेसको विधानले गरेको व्यवस्थाअनुसार छिटो अधिवेशन हुनुपर्ने बताउनुभयो । उहाँले विधानको अक्षेरक्ष पालना गर्नका लागि पार्टीको बैठकमा ध्यानाकर्षण गराउने उल्लेख गर्नुभयो । नेविसंघको अधिवेशन विभिन्न कारणले समयमै हुन सकेको छैन । कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति बैठकबाट भ्रातृसंगठनको अधिवेशनको मिति तोक्ने तयारी गरेको छ । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार