जेठ ४ मा निर्वाचन हुन्छ, तयारीमा लाग्नुस् : देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी जेठ ४ गतेका लागि स्थानीय तह निर्वाचनको मिति तोक्ने सङ्केत गर्नुभएको छ । सोमबार काँग्रेसको बागमती प्रदेशका पदाधिकारीसँगको भेटमा देउवाले २०७९ जेठ ४ मा स्थानीय तहको निर्वाचन हुने बताउनुभएको हो ।

सोमबार देउवालाई भेट्न बालुवाटार पुगेका काँग्रेस बागमती प्रदेशका महामन्त्री राजु श्रेष्ठले भन्नुभयो, ‘प्रधानमन्त्रीज्यू समयमै चुनाव गराउने पक्षमा हुनुहुन्छ । उहाँले जेठ ४ गते स्थानीय निर्वाचन गर्ने कुरा गर्नुभयो ।’ देउवाले त्यसका लागि तयारीमा जुट्न प्रदेश कार्यसमितिलाई निर्देशन दिएको श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, ‘ प्रधानमन्त्रीज्यूले हामीलाई चुनावको तयारीमा जुट्न पनि निर्देशन दिनुभएको छ ।’ रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार