ताकमका कृषकलाई मिनिटेलर र थ्रेसर वितरण (फोटो फिचर)

गोपाल आचार्य

ताकम । म्याग्दीको धवलागिरी गाउँपालिका कृषकहरुलाई मंगलबार मिनिटेलर र थ्रेसर वितरण गरिएको छ । गाउँपालिकाको कृषि शाखाको कार्यक्रम अनुसार ५० प्रतिशत अनुदानमा २० थान मिनिटेलर हलो र १५ थान थ्रेसर मेसिन वितरण गरिएको हो ।

गाउँपालिकाका अध्यक्ष थमसरा पुन, उपाध्यक्ष रेशम छन्त्याल,वडा अध्यक्ष कलानिधी शर्मा र कृषि शाखा संयोजक आश्विन खत्रीले उपकरण वितरण गर्नभएको थियो । कृषि औजार वितरणका लागि गाउँपालिकाको चालु आर्थिक वर्षमा रु.दश लाख विनियोजन गरेको थियो । मिनिटेलर हलो खेतबारी खनजोतमा प्रयोग हुन्छ । थ्रेसर धान, गहुँ, कोदोको दाना झार्न प्रयोग हुन्छ ।

खेतीमा यन्त्र उपकरणको प्रयोगबाट लागत घटाउने , कृषकको समय बचत गराउने र उत्पादन बढाउने उद्देश्यले मिनिटेलर हलो र थ्रेसर मेसिन वितरण गरेको अध्यक्ष पुनले बताउनुभयो । यसअघि गत हप्ता धवलागिरी गाउँपालिका–६ मराङमा ११ वटा मिनिटेलर , चार वटा थ्रेसर र वडा नं.५ मल्कवाङमा दुई वटा थ्रेसर ५० प्रतिशत अनुदानमा वितरण गरिएको थियो । गाउँपालिकाले अन्य वडामा पनि थ्रेसर र मिनिटेलर वितरण गरिने जनाइको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार