प्रधानमन्त्री देउवाले प्रचण्ड र माधव नेपालसँग मागे एमसिसीमा सुधार गर्नुपर्ने बुँदा

काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमसिसीमा सुधार गर्नुपर्ने बुँदा छन् भने उपलब्ध गराउन सत्तारूढ दुई दलका अध्यक्षहरूलाई आग्रह गर्नुभएको छ।

आज बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँग एमसिसी सम्झौतामा सुधार गर्नुपर्ने केही छन् भने त्यो उपलब्ध गराउन भन्नुभएको हो । प्रधानमन्त्री देउवासँग भएको छलफलमा प्रचण्ड र अध्यक्ष नेपालले यथास्थितिमै एमसिसी पारित गरेर जान नसकिने बताउनुभएको थियो।त्यसपछि प्रधानमन्त्री देउवाले एमसिसीमा सुधार गर्नुपर्ने केही छन् भने त्यो उपलब्ध गराउन आग्रह गर्नुभएको हो।

‘एमसिसीमा कुन–कुन कुराहरू छन् सुधार गर्नुपर्ने भनेर प्रधानमन्त्रीले सोध्नुभयो। सुधार गर्नुपर्ने कुरा उपलब्ध गराउन हामीलाई भन्नुभएको छ,’ नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले सिन्धुपाल्चोकका नेतारकार्यकर्ता पार्टीमा प्रवेश गराउने कार्यक्रममा आज भन्नुभयो, ‘एमसिसीका सन्दर्भमा आज बालुवाटारमा छलफल गरिएको थियो।’

एमसिसी हुबहु पास गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भन्ने गरेको आरोपसमेत अध्यक्ष नेपालले लगाउनुभएको थियो।‘एमसिसी हुबहु पास गर्नुस् हामी साथ दिन्छौं भनेर केपीले भन्दा रहेछन्,’ उहाँले भन्नुभयो, ‘हामी गलत तरिका अपनाउँदैनौं। सबै देशसँग राम्रो सम्बन्ध राख्न चाहन्छौं। कसैलाई देशको आन्तरिक मामिलामा हस्तक्षेप गर्न दिदैनौं।’साथै अध्यक्ष नेपालले आज अपरान्ह बालुवाटारमा पुनस् प्रधानमन्त्री देउवासँग छलफल गरिने बताउनुभएको छ। सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार