ठगी आरोपमा म्यानपावर संचालक पक्राउ

काठमाडौँ । काठमाडौं टोखास्थित ट्रिपलस्टार इम्प्लोइमेन्ट प्रालिका संचालक भीम गुरुङ ठगी आरोपमा पक्राउ परेका छन्। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गठन गरेको ‘मार्शल टोली’ ले बिहीबार गुरुङलाई पक्राउ गरेको हो।

संयुक्त अरब इमिरेट्स (युएई)को ग्लोबल सेक्युरिटी कम्पनीमा रोजगारी लगाइदिने भन्दै १२ जना नेपालीबाट ७ लाख ५० हजारका दरले रकम लिएर भिजिट भिसामा युएई पठाइ अलपत्र पारेको उजुरीका आधारमा गुरुङलाई पक्राउ गरिएको हो।

हालै उक्त म्यानपावर कम्पनीमा पीडितसँग भिडियो खिच्न गएका सञ्चारकर्मीहरूमाथि पनि आक्रमण भएको थियो। पक्राउ परेका गुरुङलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोमा लगिएको छ। सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार