म्याग्दीमा पुनः हिमपात,जनजीवन कष्टकर (फोटो फिचर)

बेनी । म्याग्दीको लेकाली र उच्च पहाडी बस्तीहरुमा बाक्लो हिमपात भएको छ । बिहिबार रातीदेखिको हिमपातले जनजीवन प्रभावित बनेको छ । यो याममा लेकाली क्षेत्रमा पाँचौं पटक र तल्लो क्षेत्रमो दोस्रो पटक हिमपात भएको हो ।

जिल्लाको धवलागिरी गाउँपालिकाको गुर्जा, लुलाङ,लमसुङ, मुना, मुदी, मल्कवाङ, मच्छिम, मराङ, ताकम, मालिकाको देबिस्थान, रुम, निस्कोट, मंगलाको टोड्के, झाँक्रीपानी, किमचौर, रघुगंगाको कुइने, पाखापानी, दग्नाम, झिँ, रुइसे, अन्नपूर्णको घोडेपानी, राम्चे, टिकोट, लेकगाउँ, बेनी नगरपालिकाको भकिम्ली लगायतका ठाउँमा हिउँ परेको छ ।

हिमपातसँगै बढेको चिसोले जनजीवन प्रभाबित भएको छ । सर्वसाधारण घरभित्रै आगो तापेर बसेका धवलागिरी गाउँपालिका वडा नम्बर २ लमसुङका भक्त सिंकिजा पुनले बताउनुभयो । चिसो बढेसंगै बालकालिका र बृद्धबृद्धालाई स्वास्थ्यमा समस्या देखा परेको छ । ‘हिमपातका कारण बढेको चिसोले बालबालिका र बृद्धबृद्धामा रुघाखोकी लाग्ने , ज्वरो आउने जस्ता लक्ष्ण देखा परेको छ ,’–उहाँले भन्नुभयो ।गाई, भैंसी, भेडाबाख्रा चरनमा जान सकेका छैनन् ।

गोठमै बाँधेर नल, पराल दिएर राखिएको कृषकले बताएका छन् । हिमपातसँगै बढेको चिसोका कारण सडक, भवन, सिचाई, खानेपानी लगायत बिकास आयोजना निर्माणमा समस्या भएको छ । तीन, चार फिटसम्म बाक्लो हिउँ जमेको छ । कृषकहरुलाई भने हिमपात र वर्षातले राहत मिलेको छ । आकाशे पानीको भरमा खेती गर्दै आएका कृषहरुलाई राहत मिलेको हो ।

म्याग्दीको धवलागिरी गाउँपालिका२,लमसुङमा शुक्रबार बिहान भएको हिमपात । तस्बिर सौजन्य : भक्त सिंकिजा पुन

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार