प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा परियार नियुक्त

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको प्रेस सल्लाहकारमा गोविन्द परियार नियुक्त हुनुभएको छ । उहाँ यसअघि पनि देउवा प्रधानमन्त्री हुँदा प्रेस सल्लाहकार रहँदै आउनुभएको थियो ।

प्रधानमन्त्री देउवाले सत्ता सम्हालेको सात महिनापछि प्रेस सल्लाहकारमा परियारलाई नियुक्त गर्नुभएको हो । गत २९ असारमा देउवा पाँचौँ पटक प्रधानमन्त्री बन्नुभएको थियो । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार