
काठमाडौँ । सिन्धुलीबाट युटुबर चेतन कार्की पक्राउ परेका छन्। गोलन्जोर गाउँपालिका–७ खुर्कोटस्थित राजमार्गस्थित प्रहरी चेक पोइन्टबाट प्रहरीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मनोज लामाले जानकारी दिनुभयो।
उनलाई प्रहरीले १९ गते पक्राउ गरेको हो। काठमाडौं महानगरपालिका–२६ सामाखुसी बस्ने ३७ वर्षीय चेतन कार्की बर्दिबासबाट धुलिखेल आउँदै थिए।बागमती प्रदेश ०१–००३ क ९१८२ नम्बरको मिनी ट्रक चलाएर आएका कार्कीमाथि प्रहरीले चेक गरेको थियो।
उनीमाथि तलासी लिँदा ट्र्याकको खल्तीबाट ४.१३० ग्राम ब्राउन सुगर र गितारको कभरमा ६.९४० ग्राम गाँजासमेत फेला परेको लामाले बताए। उनीमाथि लागुऔषध मुद्दामा सिन्धुली जिल्ला अदालतबाट सात दिन म्याद थप गरी अनुसन्धान गरिरहेको छ। उनी म्युजिक प्रड्युसर हुन्। उनको युट्युबमा ५ लाख ६९ हजार सब्सक्राइबर छन्। सेतोपाटीबाट