मधेश प्रदेश सरकारले ‘जनयुद्ध दिवस’ मनाउने

जनकपुरधाम । मधेश प्रदेश सरकारले पहिलो पटक फागुन १ गते जनयुद्ध दिवस मनाउने भएको छ । विगत तीन वर्षदेखि माघ ५ गतेलाई मधेश बलिदानी दिवसको रूपमा मनाउँदै आएको मधेश प्रदेश सरकारले पहिलोपटक जनयुद्ध दिवस पनि मनाउने निर्णय गरेको हो ।

शहीद परिवारलाई सम्मान र आर्थिक सहयोग प्रदान गरेर दिवस मनाइने प्रदेश सरकारले जनाएको छ । पहिलो चरणमा प्रदेशको आठवटै जिल्लाका ४० सहिद परिवारलाई सम्मान र आर्थिक सहयोग प्रदान गरिने आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयका सचिव रामकुमार महतोले जानकारी दिनुभयो ।

शहीद परिवारलाई सम्मान र आर्थिक सहयोग प्रदान गर्ने कार्यक्रमलाई पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्ने उहाँले बताउनुभयो । अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार