प्रधानमन्त्री देउवालाई प्रचण्ड र नेपालको जबाफ : यथास्थितिमा एमसीसी पास गर्न सकिँदैन

काठमाडौँ । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच छलफल भएको छ । एमसीसी पारित गर्ने र चुनावी गठबन्धनका विषयमा छलफल भएको प्रधानमन्त्रीनिकट स्रोतले जानकारी दिएको छ ।

छलफलमा प्रधानमन्त्री देउवाले आगामी बैठकमा एमसीसी अघि बढाउने तयारी गरिएको जानकारी गराउनुभएको थियो । प्रचण्ड र नेपालले भने एमसीसीबारे जनस्तरबाट उठेका सवालहरुको सम्बोधन गरिनुपर्नेमा जोड दिनुभएको थियो । उहाँहरुले यथास्थितिमै एमसीसी पारित गराउन नसकिने भन्दै थप समय लिनुपर्ने सुझाव दिनुभएको थियो।

एमसीसीको विषयलाई लिएर अहिले सत्ता गठबन्धनमा विवाद बढेको छ । प्रधानमन्त्री देउवा एमसीसी तत्काल पारित गर्ने पक्षमा भएपनि माओवादी केन्द्र र एकीकृत समाजवादीले फरक मत राख्दै आइरहेका छन् । ती दुवै पार्टीमा एमसीसी अनुमोदन गर्न नहुने मत बलियो रहेको छ । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार