२४ लाख डोज कोरोना खोप हराएको होइन : मन्त्री खतिवडा

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले २४ लाख डोज कोरोना खोप नहराएको स्पष्टीकरण दिनुभएको छ । आफूले गरेका कामका उपलब्धि सार्वजनिक गर्ने कार्यक्रममा पत्रकारहरूको प्रश्नको जवाफ दिँदै मन्त्री खतिवडाले खोप नहराएको बताउनुभएको हो ।

बाटोमा भएको ग्याप र खेर गएको खोपको तथ्यांक आउन बाँकी रहेको उहाँले बताउनुभयो । खोप खोजीका लागि मन्त्रालयका प्रमुख विशेषज्ञ डा. गुणराज लोहनीको संयोजकत्वमा ५ सदस्यीय समितिले छानबिन गरिरहेको उहाँले बताउनुभयो । समितिलाई दुई हप्ताको समय दिइएको छ ।‘केन्द्रले प्रदेशमा, प्रदेशले जिल्लामा, जिल्लाले स्थानीय तहमा कति पठाएको छ त्यसको रिपोर्ट समितिले फागुन २ गते भित्र तयार पार्छ,’ उहाँले भन्नुभयो । अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार