काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनले राजनीतिक अस्थिरता निम्त्याएको बताउनुभएको छ । सोमबार बसेको एमाले संसदीय दलको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे ब्रिफिङ गरेका थिए ।
त्यसक्रममा अध्यक्ष ओलीले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेर गठबन्धनले मुलुकमा अस्थिरता निम्त्याउन खोजेको बताउनुभएको छ ।
‘आकस्मिक रुपमा दलको बैठक किन बोलाइयो भन्ने आज मुलुकमा अस्वभाविक र कृतिम रुपमा बनेको गठबन्धनले मुलुकमा अस्थिरता निम्त्याउन खोजिरहेको छ’,अध्यक्ष ओलीले भन्नुभयो । स्थानीय चुनाव सार्ने योजना अनुरुप गठबन्धनले यस्तो षड्यन्त्र ओलीको आरोप छ ।
ओलीले नेकपा एमाले जिम्मेवार राजनीतिक पार्टी भएको भन्दै एमालेले जिम्मेवार ढंगले नै आफ्नो भुमिका निर्वाह गर्नुपर्ने बताउनुभएको छ । ‘एमाले जिम्मेवार पार्टी हो । त्यसैले यसले जिम्मेवार पुर्ण कदम चाल्नुपर्छ । आवेश र उत्तेजनामा आएर कुनै निर्णय गर्दैन ।’ नागरिक खबरबाट