राष्ट्रपति भण्डारीद्वारा साहित्यकार शर्माको निधनप्रति दुःख व्यक्त

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले साहित्यकार तारानाथ (ताना) शर्माको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । शर्माको मंगलबार बिहान निधन भएको थियो ।

‘प्रखर समालोचक एवं नेपाली भाषामा झर्रोवादी आन्दोलनका अग्रणी डा.तारानाथ शर्माको निधनबाट नेपाली साहित्यले एक कुशल साधक गुमाएको छ,’ राष्ट्रपति भण्डारीले सामाजिक सञ्जाल ट्वीटरमा लेख्नुभएको छ ।

निधन भए पनि कृतिका माध्यमबाट शर्मा अमर रहने उहाँले बताउनुभयो । आफ्ना दर्जनौँ कृतिका माध्यमबाट उहाँ हामी बीच अमर रहनु हुनेछ । दिवंगत शर्माप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकाकुल परिवारमा गहिरो समवेदना व्यक्त गर्दछु,’ राष्ट्रपति भण्डारीले लेख्नुभएको छ । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार