भोलि बस्ने संसदमा एमसीसी टेबुल हुन्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा भोली बस्ने संसद बैठकमा एमसीसी टेबल हुनेमा ढुक्क हुनुभएको छ । देउवाले बुधबार बस्ने प्रतिनिधिसभाको बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसी टेबुल हुनेमा आफू विश्वस्त रहेको बताउनुभएको हो ।

मंगलबार नेपाली कांग्रेस संसदीय दलको बैठकमा उहाँले आफु समामुख अग्निप्रसाद सापकोटासँग यस विषयमा परामर्श गरेको र एमसीसी सम्झौता टेबुल हुनेमा विश्वस्त रहेको बताउनुभएको छ ।

‘मैले सभामुखसँग यस विषयमा परामर्श गरेको छु र म भोलि टेबुल हुन्छ भन्ने कुरामा विश्वस्त छु भनेर सभापतिज्यूले भन्नुभएको छ’, कांग्रेस महामन्त्री गगन थापाले भन्नुभयो । उहाँका अनुसार संसदमा टेबुल भइसकेपछि सबै राजनीतिक दलले यो सम्झौताको पक्षमा अनुमोदन गर्ने देउवाको भनाई छ । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार