प्रधानमन्त्री र अध्यक्ष प्रचण्डबीचको छलफल सकियो, एमसिसी आज टेबल नहुने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बालुवाटारमा भएको छलफल सकिएको छ। आज आज एमसिसी संसदमा टेबल नगर्नेमा दुई नेताहरू सहमत भएको बालुवाटार स्रोतले बतायो।

प्रचण्डले एमसिसी टेबल गरे सत्ताबाट बाहिरिने पार्टीको निर्णय सुनाउँदै अमेरिकासँग थप कुरा गर्नुपर्ने धारणा प्रधानमन्त्रीसँग राखेको स्रोतले जानकारी दियो। एमालेले पनि एमसिसीका विपक्षमा जानेजस्तो मुड बनाएकाले अमेरिकासँग कुरा गरेर चुनाव पछाडिमात्रै एमसिसी पास गर्नुपर्ने बारे उहाँले धारणा राख्नुभएको थियो । सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार