गठबन्धनको कसौंडी घोप्टियो, सबै भोकैः डा भट्टराई

काठमाडौं । जनता समाजवादी पार्टीका नेता डा.बाबुराम भट्टराईले गठबन्धन भत्कन लागेको बताउनुभएको छ । उहाँले सामाजिक सञ्जाल मार्फत गठबन्धनभित्रको मतभेदले सबै हिस्स पर्नसक्ने भन्दै नीतिकथा ट्वीट गर्नुभएको हो ।

डा. भट्टराईले लेख्नुभएको छ, ‘गठबन्धनको बैठकमा सम्झेको नीतिकथाः घागडान शास्त्रीहरू यात्रा गर्दैरहेछन्। खाना पकाउन उत्तम ठाउॅ खोज्दा ज्योतिषशास्त्रीले दलदल रोजेछन् ! तरकारीमा आयुर्वेदाचार्यले निमको पात खोजेछन् ! बल्लबल्ल छड्कन थालेको भातको अर्थ तर्कशास्त्रीले लगाउन नसक्दा कसौंडी नै घोप्टाएछन् र सबै भोकै हिंडेछन् !’ नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार