ढोल्ठान राजदरबार जेसीजको पर्यटन प्रर्वधन(तस्बिरहरु)

बेनी । म्याग्दी जेसीज प्रचुर पर्यटकीय सम्भावना बोकेको १४ औं शताब्दीताको ऐतिहासिक ढोल्ठान राजदरबारको प्रबर्द्धनमा जुटेको छ । बेनी नगरपालिका–९,ढोल्ठानमा पर्ने बाईसे–चौबीसे राज्यका पालामा तत्कालीन पर्वत राज्यको राजधानी समेत रहेको ढोल्ठान राजदरबार ओझेलमा परेपछि जेसीजले स्थानीय संघसंस्था र जनप्रतिनितिसँगको सहकार्यमा विभिन्न कार्यक्रम गर्ने भएको छ ।

यूवाको नेतृत्व तथा ब्यक्तित्व विकास संगै स्थानीय तहमा रहेका पर्यटकीय तथा धार्मिक क्षेत्रको विकासमा समेत सक्रिय रहेको संस्थाले शनिबार ढोल्डानमा राखेको बोर्ड वडा अध्यक्ष बेलबहादुर चोखालले अनावरण गर्नुभएको थियो । सोही अवसरमा आयोजित कार्यक्रममा बोल्दै वडा अध्यक्ष चोखालले ढोल्ठान गाउँको शिरमा अवस्थित दरबार क्षेत्रमा पूर्वाधार विस्तार भइरहेकाले केहीबर्ष भित्र घुम्ने आउने पर्यटकलाई समेत सहज हुने बताउनुभयो ।‘दरबारका केही अवशेषहरु मात्रै छ,‘नयाँ गन्तब्य बनाउन प्रचारप्रसार र पूर्वाधार विस्तारमा प्राथमिकता दिएका छौ’अध्यक्ष चोखालले भन्नुभयो ।

दरबार नजिकै पार्क, पदमार्ग सहित अन्य आवश्यक पूर्वाधार विस्तार भइरहेको छ। दरबार जिर्ण बन्दै जान थालेपछि त्यहाँ रहेका काठपात र फर्निचर स्थानीयले लगेपछि संरक्षणमा समस्या भएकाले दरबार आसपासका क्षेत्रबाट प्राचिन बस्तु लैजान रोक लगाइएको अध्यक्ष चोखालले बताउनुभयो ।सोही अवसरमा स्थानीय सागर बानियाँले प्राचिनकालिन दरबारको स्वरुपमा दरबार सहितको संरचना आवश्यकता रहेको बताउनुभयो । कार्यक्रममा म्याग्दी जेसीजका निर्वतमान अध्यक्ष विरेन्द्र श्रेष्ठ र पत्रकार महासंघ म्याग्दी शाखाका उपाध्यक्ष हरिकृष्ण गौतमले जिल्लाभित्रका ओझेलमा परेका पर्यटकीयस्थलमा म्याग्दी जेसीजको उपस्थितीले प्रचारप्रसारमा सघाएको बताउनुभएको थियो ।

म्याग्दी जेसीजले पर्यटकीयस्थल टोड्के, बेलढुंगा, रुईसे र लभ्लीहिलमा समेत बोर्ड अनावरण सहित विभिन्न कार्यक्रम गरेको शाखा अध्यक्ष सन्दिप खत्रीले जानकारी दिनुभयो । अध्यक्ष खत्रीले आफ्नो कार्यकालमा ग्रामिण क्षेत्रको पर्यटन प्रर्बधनमा जोड दिने बताउनुभयो । पर्यटन क्षेत्रको प्रचारप्रसार, विपद्, शिक्षा, स्वास्थ्य लगाएतमा जनचेतनामुलक कार्यक्रमले जेसीजको समुदयास्तरमा जेसीजको आवश्यकतालाई थप बलियो बनाउने अध्यक्ष खत्रीको भनाई छ । बोर्ड अनावरण कार्यक्रमको स्वागत कार्यकारिणी उपाध्यक्ष दिनेश बानियाँ, सञ्चालन उपाध्यक्ष एवम् कार्यक्रम संयोजक नविन खत्रीले गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार