हामीलाई गठबन्धन बैठकमा बोलाउनै छाडे : केसी

काठमाडौं । पाँच दलीय सत्तारुढ गठबन्धन घटक राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गठबन्धन बैठकमा आफूहरूलाई बोलाउन छाडिएको गुनासो गर्नुभएको छ ।

एमसीसी सम्झौता अनुमोदन प्रस्ताव संसदमा पेस गर्ने विषयलाई लिएर भइरहेका गठबन्धनको बैठकमा आफूहरूलाई बोलाउनै छाडिएको केसीले न्युज कारखानालाई जानकारी दिनुभयो ।

‘एमसीसीको मुद्दा आएपछि विरोधमा उत्रिन्छ भनेर गठबन्धन बैठकमा हामीलाई बोलाउनै छाडे,’ केसीले भन्नुभयो, ‘हामी पनि बैठकमा जानुभन्दा सडकमै जानु उचित ठानेका छौँ ।’

केसी एमसीसीको विपक्षमा छन् । उहाँको पार्टी एमसीसीको विरोधमा सडकमै आन्दोलन गरिरहेको छ । गठबन्धनका शीर्ष नेताले एमसीसी सम्झौता अनुमोदन प्रस्ताव सदनमा पेस गर्ने आइतबार सहमति गर्नुभएको छ । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार