एमालेको १० दिनभित्र विभागहरु गठन गरिसक्ने निर्णय

काठमाडौं । नेकपा एमालेले १० दिनभित्र विभागहरु गठन गरिसक्ने भएको छ । विभागीय प्रमुखहरुको बैठकले तत्काललाई ९ सदस्यीय विभाग गठन गर्ने निर्णय गरेको हो ।

महासचिव शंकर पोखरेलको उपस्थितिमा बसेको विभागीय प्रमुखहरुको बैठक बसेको थियो । १०औं राष्ट्रिय महाधिवेशन पछि केन्द्रीय नेताहरुलाई प्रमुख तोकेपनि विभाग गठन हुन सकेको छैन ।

एमालेले ३३ केन्द्रीय विभागमा सचिव समेत चयन गर्ने छ । पार्वत गुरुङका अनुसार तत्काललाई ९ सदस्यीय विभाग गठन हुनेछ । पछि ३५ सदस्यीय बनाउने निर्णय भएको उहाँले बताउनुभयो । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार