तीन महिना लामो स्थगनपछि फागुन १५ मा प्रदेशसभा बैठक बस्दै

विराटनगर । बैठक स्थगन भएको तीन महिनाभन्दा लामो समयपछि प्रदेश १ संसद्को अर्को बैठक फागुन १५ मा बस्ने भएको छ। मुख्यमन्त्री राजेन्द्र राईले मंसिर १ मा विश्वासको मत लिएपछि प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको थियो।

सरकारले संसद्मा विजनेश नदिएका कारण यसबीचमा प्रदेशसभा बैठक बस्न सकेको थिएन। प्रदेशसभा सचिव गोपाल पराजुलीका अनुसार फागुन १५ देखि संसद् बैठक सुरु हुने निश्चित भएको छ। दसैंअघि नै सुरु भएको जारी हिउँदे अधिवेशनका क्रममा प्रदेशमा दुई वटा सरकार बनिसकेका छन्। तत्कालीन मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिन भनेर डाकेको हिउँदे अधिवेशनकै क्रममा राई प्रदेशको तेस्रो मुख्यमन्त्री बनेका थिए ।

हिउँदे अधिवेशनलाई विधेयक अधिवेशन भनिए पनि असोजमै डाकिएको अधिवेशनले कुनै पनि विधेयकमा छलफलसम्म गरेको छैन। १५ गते सुरु हुने बैठकमा सरकारले केही एैन संशोधन विधेयक, कृषि सम्बन्धि विधेयकहरु ल्याउने तयारी गरेको छ।

चालु अधिवेशनमा प्रदेशको नाम टुंगो लगाउने दाबी सरकारको छ। तर, भर्खरै मात्रै छलफल सुरु भएको र सत्ता गठबन्धनभित्रै सहमति नभइसकेको बेलामा नाम प्रस्ताव हुने–नहुने टुंगो नभएको नेताहरु बताउँछन्।सत्ता गठबन्धनसँग सामान्य बहुमत मात्रै भएको र विपक्षी एमालेको समर्थन बेगर पारित हुन नसक्ने अवस्था छ । सेतोपाटीबाट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार