पार्टीले गर्ने निर्णयमा एक ढिक्का छौं : श्रेष्ठ

काठमाडौं । नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक जीवनराम श्रेष्ठले पार्टीले गर्ने निर्णयमा सवै सांसद एकठाउँ उभिने बताउनुभएको छ । पार्टीका सबै सांसद एमसीसीबारे एउटै निर्णयमा उभिने बताउनुभयो । ‘हाम्रो पार्टी एक ढिक्का छ । हाम्रो पार्टीले जे निर्णय गर्छ ।

त्यही अनुसार माननीयज्यूहरुले सहभागी हुनुहुनेछ’, श्रेष्ठले भन्नुभयो । श्रेष्ठले एमसीसी राष्ट्रिय चासोका विषय भएकाले सांसदहरुले राम्रो बातावरणमा बोल्न पाउने बातावरण बनाउनुपर्ने बताउनुभयो । ‘अवरोधका बीचमा राष्ट्रिय महत्वको विषयमा माननीयज्यूहरुले कुरा राख्न उपयुक्त हुँदैन’ श्रेष्ठले भन्नुभाये, ‘राम्रो बातावरणमा बोल्न पाउनुपर्छ ।’ त्यसका लागि संसदको अवरोध हट्नुपर्ने श्रेष्ठले बताउनुभयो ।

प्रधानमन्त्री, सभामुख र शीर्ष नेताहरुले संसद सञ्चालनको बातावरण बनाउनुपर्ने पनि श्रेष्ठले बताउनुभयो । सडकमा समेत प्रदर्शन भइरहेकाले एमसीसीबारे गहन छलफलको अवसर आवश्यक रहेको उहाँले बताउनुभयो । ‘जनताको भावनाको कदर नगरी जबर्जस्ती बढाउँदा मुलुक विभाजित गर्ने र त्यसले नकारात्मक सन्देश जाने हुन्छ’, उहाँले भन्नुभयो । अनलाइनखबरबाट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार