सत्ता गठबन्धनको सहमतिमा हाम्रो आपत्ति छैन, एमसिसी पारित गर्ने प्रक्रियामा भाग लिँदैनौं : पोखरेल

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले एमसिसी पास गर्न व्याख्यात्मक टिप्पणीको सहारा लिनुले ‘सत्ताको विरोधाभासु उदाङ्गो भएको बताउनुभएको छ ।

आइतबार कुराकानी गर्दै पोखरेलले सम्झौता पनि कांग्रेस र माओवादीले गरेको र पारित गर्ने दायित्व पनि उनीहरूकै भएको बताउनुभयो। यसलाई हामीले स्वाभाविक मान्छौ’, पोखरेलले भन्नुभयो, ‘हाम्रो माग सम्बोधन नभएको अवस्थामा हामी संसदको प्रक्रियामा भाग लिन्नौं।’

एमालेले संसदीय प्रक्रियामा भाग लिन आफ्नो पार्टीले कारबाही गरेका १४ सांसद हटाउनु पर्ने वा सभामुखलाई हटाउनुपर्ने बताउँदै आएको छ। ‘प्रतिपक्षी एमालेलाई प्रयोग गरेर सत्तारूढ नेपाली कांग्रेसले गठबन्धनमा माओवादीलाई तर्साउने काम गर्‍यो नि’, भन्ने प्रश्नमा पोखरेलले भने, ‘त्यसो गरेको भए पनि हामीलाई आपत्ति छैन।

किनकि नाटकको पटाक्षेप हुन जरूरी थियो। सत्ताको जिम्मेवारी सत्ता एक ठाउँमा उभिनुहुन्थ्यो। सत्ता एक ठाउँमा उभियो यसले सरकार ‘डिरेल’ भएको ठाउँबाट एक ठाउँमा आयो। सरकार विभाजित हुन मिल्दैन थियो। विभाजित हुँदा दुबै पक्ष सरकारमा बस्न मिल्दैन थियो। दुबै पक्ष सत्तामा बस्न तयार भए।’उनले माओवादी केन्द्रले ‘जे भनेका थिए अवाञ्छित थियोु भन्ने पुष्टि भएको बताउनुभयो।

‘माओवादी के हुन् भन्ने जनताले बुझेका छन्’, पोखरेलले भन्नुभयो, ‘कार्यकर्ताले पनि बुझ्छन्। यसर्थमा नेकपा विभाजित गर्न जे आरोप हाम्रो अध्यक्ष माथि लगाए त्यो सबै गलत थियो भन्ने कुरा समय क्रममा उनीहरूले पुष्टि गरेका छन्।’ उहाँले व्याख्यात्मक टिप्पणीको सन्धीरसम्झौताका हकमा कुनै कानुनी आधार नहुने बताउनुभयो। ‘यो व्याख्यात्मक टिप्पणीको के कानुनी हैसियत छ र !’ उहाँले भन्नुभयो। सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार