संसद भवनको गेट नजिक शंकास्पद वस्तु फेला

काठमाडौं । नयाँ बानेश्वरस्थित प्रतिनिधि सभा भवनको पश्चिम गेटनजिक शंकास्पद वस्तु (बम) फेला परेको छ। प्रहरीका अनुसार सोमबार ११ बजे प्रेसर कुकर भेटिएको हो। उक्त वस्तु बम भएको आशंकामा डिस्पोज गर्ने तयारी भइरहेको छ।

‘दक्षिण गेट अगाडि सडक नो एमसिसी लेखेको प्रेसर कुकरमा फेला परेको छ, शंकास्पद वस्तु भएकाले बमको आशंका गरिएको छ,’ महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक हरिबहादुर पालले भन्नुभयो ।

उक्त शंकास्पद वस्तुलाई निष्कृय पार्न नेपाली सेनाको टोली बोलाइएको पालले बताउनुभयो। मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) पारित भएको विरोधमा विभिन्न राजनीतिक पार्टीले आह्वान गरेको बन्दका क्रममा सो वस्तु फेला परेको हो। सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार