एमसीसी पास गर्न एमालेले पनि सघायो : काँग्रेस

काठमाडौँ । नेपाली काँग्रेसले एमसीसी संसदबाट पारित गर्न एमालेले पनि सघाएको बताएका छन् । ‘अन्य मुद्दाका कारण औपचारिकता सहभागिता नभएपनि उहाँहरुको पनि यसमा सहयोग रह्यो’, काँग्रेस प्रवक्ता डा प्रकाशशरण महतले सोमबार सानेपामा आयोजित पत्रकार सम्मेलनमा भन्नुभयो।

समग्रमा अपवादबाहेक सबैको सहयोगबाट संसदले एमसीसी परियोजनालाई पारित गरेको उहाँको भनाइ छ । एमसीसीमा रहेको भ्रम र अन्योललाई चिर्ने काम भएको पनि उहाँले जिकिर गर्नुभयो ।उहाँले गठबन्धनमा सम्मिलित सबै दलको एमसीसीमा सहयोग रहेको भन्दै पार्टीको तर्फबाट धन्यवाद दिनुभयो ।

उहाँले एमसीसीको सन्दर्भमा एमालेको पनि सकारात्मक दृष्टिकोण रहेकाले सो पार्टीलाई पनि काँग्रेसले धन्यवाद दिनुभयो । उहाँले एमसीसीबारे रहेका भ्रमहरु चिर्ने काम भएको भन्दै बाँकी कुनै भ्रम अझै छ भने भने त्यसलाई चिर्न पार्टी लागिपर्ने पनि बताउनुभयो । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार