त्रिभुवन विमानस्थलमा आज पनि क्यालिब्रेसन फ्लाइट

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज पनि क्यालिब्रेसन फ्लाइट हुनेछ । त्यसका लागि त्रिभुवन विमानस्थल कार्यालयले ११ः३० बजेदेखि २ः३० बजेसम्म नोटाम नोटिस जारी गरेको छ । यो अवधिमा सबै प्रकारका आन्तरिक र बाह्य उडान प्रभावित हुनेछन् ।

बिहीबार पनि परीक्षण उडानको क्रममा केही जहाजहरुलाई आकाशमा होल्ड गरिएको थियो । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको क्यालिब्रेसनमा आएको यरो थाइको जहाजले नै काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पनि क्यालिब्रेसन फ्लाइट गरिरहेको छ ।

यस्तो उडानबाट रेडियो उपकरण तथा धावनमार्गमा जडित लाइट तथा अन्य उपकरणले काम गरे/नगरेको परीक्षण हुन्छ । त्रिभुवन विमानस्थलको धावनमार्ग विस्तार भएपछि परीक्षण गरिएको थिएन । अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार