चार महिनामा चारैपटक फेरिए प्रशासकीय अधिकृत, जनप्रतिनिधिको विरोध

जनकपुरधाम । महोत्तरीको सम्सी गाउँपालिकामा चार महिनाको अवधिमा चारपटक नै प्रशासकीय अधिकृत फेरिएका छन् । निवर्तमान प्रशासकीय अधिकृतलाई डेढ महिना अवधिमै सरूवा गरिएको छ । गाउँपालिकाका प्रमुख शेष फाहरूक र कार्यपालिका सदस्यहरूले विज्ञप्ति निकालेर नेताहरूले प्रशासकीय अधिकृत सरूवा गरेको आरोप लगाएका छन्।

जसपाका सांसद सुरेन्द्र यादव, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठ, सचिव सुरेश अधिकारीले छिटोछिटो प्रशासकीय अधिकृत सरूवा गर्न भूमिका खेलेको आरोप उनीहरूको छ।सांसद यादवले प्रशासकीय अधिकृत गणेशचन्द्र मिश्रलाई सरूवा गराएर ल्याएको र मिश्रले काम गर्न खोज्दा डेढ महिनामै फेरि सरूवा गराएर उनको स्थानमा अर्को प्रशासकीय अधिकृत ल्याएको आरोप उनीहरूको छ।

सांसद यादवले सत्यनारायण साहलाई प्रशासकीय अधिकृत बनाउन खोजेको गाउँपालिका प्रमुख फारूकले बताए।मन्त्रालयले प्रशासकीय अधिकृत गणेशचन्द्र मिश्रलाई सरूवा गरी अर्का प्रशासकीय अधिकृत सत्यनारायण साहलाई सम्सीमा पठाएपछि जनप्रतिनिधि आन्दोलनमा छन्।कर्मचारी सरूवाको विरोधमा आइतबार गाउँपालिकामा तालाबन्दी गरिएको थियो। सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार