
काठमाडौँ । सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाका अध्यक्ष केदार क्षेत्री नेपाली कांग्रेस प्रवेश गर्नुभएको छ । ०७४ को स्थानीय तह चुनावमा उहाँ नेकपा एमालेबाट उम्मेदवार बनेर जित्नुभएको थियो ।
अध्यक्ष क्षेत्री आज कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा पार्टी प्रवेश गर्नुभएको हो। उहाँलाई कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले सदस्यता दिएर पार्टी प्रवेश गराउनुभएको हो ।
एमाले सिन्धुपाल्चोकका नेताहरू कृष्ण क्षेत्री, सुवास कर्माचार्यगायत पनि कांग्रेस प्रवेश गर्नुभएको छ । गाउँपालिका अध्यक्ष क्षेत्री एमाले सिन्धुपाल्चोक जिल्ला अध्यक्षका आकांक्षी हुनुहुन्थ्यो । एमालेले उहाँलाई अध्यक्ष नबनाएपछि उहाँ असन्तुष्ट हुनुहुन्थ्यो । सेतोपाटीबाट