एमसीसीबारे जथाभावी नबोल्न माधव नेपालको निर्देशन

काठमाडौँ । एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले एमसीसीका विषयमा जथाभावी नबोल्न आफ्ना नेताहरूलाई निर्देशन दिनुभएको छ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमसीसीको सन्दर्भमा पार्टीका केही नेताले अत्यन्तै गम्भीर र आपत्तिजनक कुरा फेसबुकमा लेखेको भन्दै गल्ती स्वीकार गर्न चेतावनी दिनुभएको छ ।

काठमाडौंमा बुधबारबाट सुरु भएको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले एमसीसीबारे जथाभावी नबोल्न र सामाजिक सञ्जालमा पनि नलेख्न नेताहरूलाई निर्देशन दिनुभएको हो । एमसीसीविरुद्ध अभिव्यक्त विचार फिर्ता लिन नेताहरूलाई निर्देशन दिँदै उहाँले भन्नुभयो, ‘एमसीसीको विषयमा अत्यन्तै गम्भीर कुरा फेसबुकमा लेख्नुभएको छ ।

ती कुराहरू आपत्तिजनक छन् । पार्टीले सहन सक्दैन । बहुमतको निर्णय पार्टीको निर्णय हुन्छ । आफ्नो गल्ती स्वीकार्नुस् । अन्यथा स्पष्टीकरण सोध्नुपर्ने अवस्था आउँछ ।’ एमसीसीका विषयमा नेता झलनाथ खनालको फरक विचार सार्वजनिक भइरहेका बेला अध्यक्ष नेपालको सो निर्देशन आएको हो । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार