श्रममन्त्री श्रेष्ठ युएई भ्रमणमा जाने

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्ण कुमार श्रेष्ठ नेतृत्वको प्रतिनिधि मण्डल संयुक्त अरब इमिरेट्स (यूएई)को भ्रमणमा जाने भएको छ । हालै बसेको मन्त्रिपरिषदको बैठकले भ्रमण गर्न स्वीकृति दिने निर्णय गरेको हो ।

शुक्रबार मन्त्रालयमा गरिएको पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले श्रम मन्त्रीको भ्रमणले विदेशमा रहेका नेपाली कामदारका लागि सहयोग पुग्ने उल्लेख गर्नुभयो । उहाँले कानुन अनुसार ति देशमा कामदारले पाउने सुविधा दिलाउन सहयोग हुने बताउनुभयो । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार