एमाले केन्द्रीय कमिटी बैठक चैत ९ र १० गते बस्ने

काठमाडौँ । नेकपा (एमाले)का केन्द्रीय कमिटीको बैठक चैत ९ र १० गते बस्ने भएको छ । एमाले केन्द्रीय कार्यालयका सचिव डा.भीष्म अधिकारीले चैत १ गते सचिवालयको र चैत ७ गते पोलिटब्युरोको बैठकपछि केन्द्रीय कमिटीको बैठक बस्ने बताउनुभयो ।

पछिल्लो समय देशका प्रमुखलगायत सबै दलहरु स्थानीय तहको निर्वाचन केन्द्रित छन् । आगामी चुनावमा सत्ता गठबन्धन सँगसँगै जानुपर्नेमा गठबन्धनका दलले बताउँदै आएका छन् ।

एमालेले भने चुनावमा एक्लै लड्ने जनाउँदै आएको छ । राजनीतिक दलहरु स्थानीय चुनाव लक्षित गतिविधिको तयारीमा जुटेको बेला एमालेको बैठक बस्न लागेको हो । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार