माओवादीले देशलाई ठूलो दुर्घटनाबाट बचायो : प्रचण्ड

सुर्खेत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी पार्टी जनवादी युगबाट समाजवादी युगमा प्रवेश गरेको बताउनुभएको छ । शुक्रबार वीरेन्द्रनगरमा आयोजित माओवादी कर्णाली प्रदेश कमिटीले आयोजना गरेको प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले भन्नुभयो, ‘हामी क्रान्तिको रक्षा र प्रतिक्रान्ति रोक्न सक्षम भएको कुरा स्थापित भएको छ । अब रंगिन क्रान्ति गर्न हामी तयार छौं ।’ पार्टी कार्यकर्तालाई उहाँले राष्ट्रिय महाधिवेशनबारे पनि जानकारी गराएका थिए । कोरोना भाइरस र राष्ट्रिय राजनीतिक परिवेशका कारण केन्द्रीय कमिटीको बैठक ढिला हुन भएको हो ’ उहाँले भन्नुभयो, ‘महाधिवेशन अरुभन्दा फरक गरेका थियौं ।’

साथै प्रचण्डले एमाले अध्यक्ष केपी ओलीप्रति लक्षित गर्दै प्रतिगमन, संविधान र प्राप्त उपलब्धिलाई ध्वस्त पार्ने र देशलाई असफल पार्ने षड्यन्त्र रचिरहेकाहरुविरुद्ध माओवादी लडेर सफल भएको दाबी समेत गर्नुभयो । उहाँले केपी ओली झेली भएको टिप्पणी गर्दै ओली प्रवृत्तिविरुद्ध आफुहरुको लडाइँ रहेको पनि बताउनुभयो । हामीले सबै स्वार्थ त्याग गर्न तयार भएर नै वर्तमान अवस्थामा प्राप्त सफलता हासिल भएका हुन्,’ उहाँले भन्नुभयो, ‘प्रतिक्रान्तिकारी नेतृत्व विरुद्ध विद्रोह गरिएको हो ।’

प्रशिक्षण कार्यक्रममा प्रदेश कमिटीले १० वटै जिल्लाको रिपोर्ट प्रस्तुत गरेको थियो । प्रचण्डले रिपोर्ट सुन्दा सबै माग र समस्याको सम्बोधन हुने बताउनुभएको थियो । साथै उहाँले आगामी निर्वाचनमा ढुक्क भएर लाग्न आग्रह गर्नुभएको छ । ‘कर्णाली भनेको माओवादीको आधार इलाका हो,’ उहाँले भन्नुभयो, ‘तपाइँहरु आगामी निर्वाचनमा पहिलो शक्तिको रुपमा स्थापित हुने गरेर मैदानमा होमिनुस् १’

साथै प्रचण्डले एमसीसीको विषयमा माओवादीले देशलाई ठुलो दुर्घटनाबाट बचाएको बताउनुभयो । एमसीसीका कारण देखाई नेपालको सिंगो परिवर्तनमाथि, संविधान, संघीयता,र व्यवस्थापिकामाथि हमला गरिदै थियो । तर हामीले गर्दा त्यो हुन पाएन,’ उहाँले भन्नुभयो,‘ मुलुकको राजनीतिक कमाण्ड माओवादीले गरिरहेको छ । त्यसले राष्ट्रको अहित हुने खालका गतिविधिका विरुद्धमा माओवादी अग्रसर हुन्छ नै ।’ रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार