म्याग्दीमा तोरन्ल्ह पर्व सुरु (फोटो फिचर)

बेनी । थकाली समुदायले आजदेखि तोरन्ल्ह पर्व  मनाउन थालेका छन् । म्याग्दीमा थकाली सेवा समिति बेनी क्षेत्र म्याग्दीले विभिन्न कार्यक्रमहरुको आयोजना गरेर तोरल्न पर्व हर्षोल्लासका साथ पर्व मनाउन सुरु गरेको हो ।

तोरन्ल्ह पर्वको अवसर आयोजित कार्यक्रमको उद्घाटन गदैं बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले पित्रृको उद्धार र समुदायको एकतामा तोरन्ल्ह पर्वको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । उहाँले म्याग्दीमा थकाली जतिहरु संख्यात्मक हिसाबले हेर्दा न्युन भएता पनि म्याग्दीको नाम राष्ट्रिय स्तरमा पु¥याउन सफल भएको बताउनुभयो ।

उद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी चिरञ्जीवि रानाले पर्व जातिय पहिचान भएकोले यसको संरक्षण र प्रवद्र्धनको लागि युवापुस्ताले पनि ध्यान दिनुपर्नेमा जोड दिनुभयो । उद्घाटन कार्यक्रममा थकाली सेवा समितिका केन्द्रिय सल्लाहकार गोपाल भट्टचन ,केन्द्रीय सदस्य बिमला गौचन,कृष्णकुमार शेरचन ,नेपाल भाषा मंका खलका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ,नेपाल मगर संघ बेनी नगरपालिका वडा नम्बर ७ का वडा इकाई अध्यक्ष रमेश फगामी लगायतले बोल्नुभएको थियो ।

पर्वको अवसरमा बेनीमा थकाली समुदायले तारो हान्ने खेल, भेषभूषा प्रदर्शनी र नाचगानलगायतका कार्यक्रमहरु आयोजना गरेका छन् ।फागु पूर्णिमा पर्वलाई थकाली भाषामा तोरन्ल्ह पर्व भनेर चिन्ने गरिन्छ । थकाली समुदायले पनि फागु पूर्णिमाको अवसरमा आफ्नो पितृहरुको सम्झना गर्दै यो चाड मनाउने थकाली सेवा समिति बेनी क्षेत्र म्याग्दीले जनाएको छ ।

यस पर्वमा थकाली समुदायले आफ्ना छोरी ज्वाँई, भान्जाभान्जी, आफन्त तथा नातागोतालाई बोलाएर मीठामीठा परिकारहरु बनाएर खुवाउने प्रचलन रहेको थकाली सेवा समिति बेनी क्षेत्रका अध्यक्ष जगतनारायण गौचनले बताउनुभयो । यस पर्वको अवसरमा तारो हान्ने खेल (धनुषवाण)आयोजना गरिएको छ ।

आउँदो तीन दिनसम्म विभिन्न कार्यक्रमहरु आयोजना गरेर तोरन्ल पर्व मनाइने थकाली सेवा समिति बेनी क्षेत्रका सचिव सुन्दरमान शेरचनले बताउनुभयो । पाँचवटा पर्व मनाउने थकाली समुदायमा सबैभन्दा प्रमुख चाड तोरन्ल्ह पर्वलाई मानिएको छ । सोही उद्घाटन कार्यक्रमको अवसरमा बेनी नगरपालिका वडा नम्बर ४ का स्वर्गिय फटबहादुर शेरचनको सम्झनामा उहाँकी श्रीमति र छोराले सेवा समितिलाई ५० हजार रुपैयाँ सहयोग गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार