लोडसेडिङ हुँदैन : कुलमान घिसिङ

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङ नहुने जानकारी दिनुभएको छ । बिहीबार पत्रकार सम्मेलन गरेर उहाँले उद्योगसहित कतै पनि लोडसेडिङ नगर्ने बताउनुभएको हो ।

‘लोडसेडिङ हुन लागेको हल्ला चलेको छ,’ उहाँले भन्नुभयो, ‘तर हामी नेपालमा लोडसेडिङ हुन दिँदैनौँ ।’ भारतमा ऊर्जा संकट आएपछि नेपालमा पनि यसको असर परेको भन्दै उनले केही समयका लागि महसुल बढाएर भए पनि नियमित विद्युत् दिने बताउनुभयो ।अहिलेको समयमा ३५० मेगावाट विद्युत भएमा सिस्टम चल्ने भन्दै उहाँले यो समस्या जेठबाट स्वतः अन्त्य हुने कार्यकारी निर्देशक घिसिङले बताउनुभयो ।

उहाँका अनुसार जेठमा तामाकोशीसहितका हाइड्रोृपावरबाट विद्युत उत्पादन हुने हुँदा विद्युत प्रवाहमा समस्या हुँदैन ।असारदेखि नेपालले पाँच सय मेगावाट विद्युत निर्यात गर्न सकिने भन्दै उनले अहिले तत्काल देखिएको समस्यामात्र रहेको बताउनुभयो । यस्तो समस्या सधैं नदेखिने भन्दै उहाँले लोडसेडिङ नहुने दोहो¥याउनुभयो । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार