बेनी । आसन्न स्थानीय तह निर्वाचनका लागि नेकपा माओवादी केन्द्रले मालिका गाउँपालिका– ४, को वडा अध्यक्ष पदका लागि उम्मेदवार टुंगो लगाएको छ । वडा तहको उम्मेदवार टुंगो लगाउने माओवादी जिल्लामा पहिलो भएको छ ।
सोमबार बसेको वडा कमिटीको वैठकले सर्वसम्मत रुपमा रेशमबहादुर पुनलाई आगमी स्थानीय तहको निर्वाचनमा वडा अध्यक्ष पदका लागि उम्मेदवार छनौंट गरिएको जिल्ला संयोजक रेशम जुग्जालीले जानकारी दिनुभयो । वडा अध्यक्षका उम्मेद्धार पुन च्युरिबोट निवासी हुनुहुन्छ ।
स्थानीय तहको निर्वाचन नकिँदै गर्दा राजनीतिक दलहरुले चुनावी अभियानलाई तीव्रता दिएका छन् । नेकपा एमाले र काँग्रेसले अहिले सम्म कुनै पनि वडा तहमा उम्मेदवारको टुंगो लगाएको छैनन् । उनीहरु आन्तरिक छलफलमा जुटेका छन् ।