काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले तराई मधेशमा एमाले प्रवेशको लहर चलेको दाबी गर्नुभएको छ । बिहीबार जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै महासचिव पोखरेलले एमालेको नेतृत्वमा बलियो सरकार नै जनताको अपेक्षा रहेको बताउनुभयो ।
महासचिव पोखरेलले एमालेले विकास र समृद्धिको मुद्दा लिएर गरिबी र बेरोजगारी समस्या हल गर्न चाहेको पनि बताउनुभयो । उहाँले भन्नुभयो, ‘एमालेमा प्रवेशको लहर छ, जनताले एमालेको सरकार खोजेका छन्, एमालेले सरकारको नेतृत्व गर्छ, विकास र निर्माणका लागि नाटकीय परिवर्तन आउनेछ ।’
उहाँले अघि थप्दै भन्नुभयो, ‘एमालेको मुख्य एजेण्डा विकास र समृद्धि छ, गरिबी र बेरोजगारीको अन्त्य नै एमालेको मुख्य एजेण्डा हो ।’ उहाँले एमाले विरुद्ध मधेसमा सामन्ती मनोवृत्ति कायमै रहेकाले त्यसलाई चिर्न जरुरी रहेको बताउनुभयो । विगतमा ‘रे नही, जी कहो भन्ने अभियान नै चलाएको बताउँदै उहाँले सामन्त मनोवृत्तिको नास हुनु जरुरी रहेको बताउनुभयो । रातोपाटीबाट