रघुगंगा गाउँपालिकामा विपन्न परिवारलाई जस्तापाता वितरण

बेनी ।म्याग्दीको रघुगंगा गाउँपालिकामा विपन्न परिवारलाई जस्तापाता सहयोग गरिएको छ । गाउँपालिका अध्यक्ष सुकुम्बासी व्यवस्थापन कार्यक्रम अन्तर्गत १७ जनालाई जस्तापाता सहयोग गरिएको हो । पालिका भित्रका ८ वटा वडाका दुई÷दुई जना र वडा नम्बर २ मा थप एक जना गरि १७ जनालाई ८ र १२ फुटे हुलास कम्पनीको रंगिन जस्तापाता प्रदान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिनुभयो ।

उहाँका अनुसार, सुरक्षित आवास अन्तर्गत सेवाग्राहीको मागको आधारमा निम्न आय भएका परिवारलाई जस्तापात उपलब्ध गराइएको हो । गाउँपालिकाको पहिलो गाउँ सभाबाट गाउँपालिका अध्यक्ष सुकुम्बासी व्यवस्थापन कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको आधारमा यस बर्ष ५ लाख बजेटबाट जस्तापाता खरिद गरिएको गाउँपालिका अध्यक्ष भब बहादुर भण्डारीले जानकारी दिनुभयो । उक्त कार्यक्रममा वडाको सिफारिसको आधारमा सेवाग्राहीको आवश्यकता र आर्थिक अवस्था हेरेर सहयोग गरिएको अध्यक्ष भण्डारीको भनाई छ ।वितरण कार्यक्रममा उपाध्यक्ष कमला तिलिजा सहित वडा सदस्यहरुको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार