समृद्ध नेपाल, सुखी नेपालीलाई माया नगर्ने कम्युनिष्ट होइनन् : ओली

काठमाडौँ । एमाले अध्यक्ष केपी ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाल’ अभियानलाई माया गर्ने मात्र कम्युनिष्ट हुने बताउनुभएको छ । एमाले निकट बुद्धिजीवी परिषद्को १० औं राष्ट्रिय अधिवेशनको आइतबार उद्घाटन सत्रलाई सम्बोधन गर्दै ओलीले राष्ट्रिय हित चिताउने र गर्ने तथा जनताको सेवाका लागि काम गर्ने पार्टी कम्युनिष्ट हुने बताउनुभयो ।

देशमा नाफामूलक राजनीतिले अस्थिरता ल्याएको बताउँदै उनले नाफामूलक राजनीति गर्नेले नाफा नहुने बित्तिकै पार्टी टुक्र्याउने गरेको आरोप लगाउनुभयो । समृद्ध नेपाल र सुखी नेपालीको अभियानका साथ एमाले अघि बढेको भन्दै उहाँले देश र जनताको समयानुकूल समृद्धि बनाउने बाटोमा अघि बढेको बताउनुभयो । आस्थाका आधारमा कसैमाथि विभेद नगर्ने बताउँदै ओलीले राजनीतिक आस्थाभन्दा राष्ट्र हितको विषयमा मिलेर काम गर्न सकिने उल्लेख गर्नुभयो । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार