रघुगंगा–८ कुइनेमंगलेमा काँग्रेसबाट वडा अध्यक्षको उम्मेद्वारमा छन्त्याल दोहोरीने

म्याग्दी । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा म्याग्दीको रघुगंगा गाउँपालिका–८ कुइनेमंगलेमा नेपाली काँग्रेसबाट वर्तमान वडा अध्यक्ष गमान छन्त्याललाई नै वडा अध्यक्ष पदको उम्मेदवार चयन गरिएको छ । वडा समितिको बैठकबाट सर्वसम्मत रुपमा वडा अध्यक्ष सहित पाँचै जना उम्मेदवारको नाम टुंगो लगाईएको हो ।

२०७४ को स्थानीय तह निर्वाचनमा काँग्रेसबाट वडा अध्यक्षमा उम्मेदवार बनेर निर्वाचित हुनुभएका छन्त्याललाई नै पुनः वडा अध्यक्षमा दोहो¥याउने निर्णय भएको जनाइएको छ । कुइनेमंगले वडामा काँग्रेसबाट वडा अध्यक्ष पदमा पुनः प्रत्यासी बन्नुभएका छन्त्याल काँग्रेसको वडा सभापति समेत हुनुहुन्छ । काँग्रेसबाट खुला सदस्यमा चबहादुर छन्त्याल र अइमान छन्त्याललाई उम्मेदवार बनाइएको छ भने महिला सदस्यमा प्रिति गर्वुजा र दलित महिला सदस्यमा यमकुमारी घर्तिलाई पुनः दोहो¥याएर उम्मेदवार बनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार